एउटै मंच मा २६ वटा बेहुला बेहुली जोडीको सामुहिक विवाह धूमधाम का साथ  भएको छ  – MadheshBureau

एउटै मंच मा २६ वटा बेहुला बेहुली जोडीको सामुहिक विवाह धूमधाम का साथ  भएको छ 

   २०७९ मंसिर १४, बुधबार  

मधेश ब्यूरो खबर : जनकपुरधाम, मंसिर १४

एउटै मंच मा २६ वटा बेहुला बेहुली जोडीको सामुहिक विवाह धूमधाम का साथ  भएको छ

विवाहपञ्चमीको अवसरमा भिभिन्न हिंदूवादी संघ संस्था एबं स्थानीय ब्यापारी,मंदिरका महंथ समाजसेवी हरुको सहयोगमा  बिश्व हिन्दु परिषद नेपालद्वारा प्रत्येक वर्ष आयोजना हुन थालेको सामुहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएको छ ।

प्रत्येक वर्ष विवाह पञ्चमीको भोली पल्ट भगवान श्री सिताराम जीको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ ।

विगत चारवर्ष देखि भइरहेको सामुहिक विवाहको उद्देश्य जनकपुरधामलाई बिश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा  पर्यटनको विकास, दहेज उन्मुलन सहितको रहेको आयोजकको  भनाई छ ।जनकपुरधामको हुनेखाने स्थानियहरुसंग सहयोग संकलन गरि मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मंगलसुत्र, बिछाओन, लत्ताकपडा सहितको व्यवस्थापन आयोजकले नै गर्ने गरेको छ ।

यस्ले गरिव विपन्नहरुको पनि विवाह धार्मिक, समाजिक र प्रतिष्ठित रुपमा हुने आयोजकको भनाई छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले समाजिक भाइचारामा पनि विकास हुने बताइएको छ ।