धनुषा ४ तथा ४ (ख) मा एमालेको जित, रघुवीर महासेठ र जुली महतोको जित संगै एमालेको विजयोत्सव । – MadheshBureau

धनुषा ४ तथा ४ (ख) मा एमालेको जित, रघुवीर महासेठ र जुली महतोको जित संगै एमालेको विजयोत्सव ।

   २०७९ मंसिर १३, मंगलवार  

मधेश ब्यूरो खबर : जनकपुरधाम, मसिंर १४ 

धनुषा ४ को प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका सचिव तथा पुर्व परराष्ट्रमन्त्री रघुविर महासेठ विजयी भएको छ भने क्षेत्रको प्रदेश ‘ख’ मा एमालेकै हरिनारायण महतोले जित निकालेको छ । यो जित संगै एमाले मधेशमा प्रतिनिधीसभा तर्फ ९ सिट र प्रदेशसभा तर्फ १५ सिट जितेर मधेशको पहिलो पार्टी बन्न सफल भएको छ ।

विजेता रघुवीर महासेठले ३२ हजार २३६ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका सहमहामन्त्री तथा पुर्व मन्त्री महेन्द्र यादवले ३२ हजा ११२ मत ल्याएका छन् । उनीहरु दुवै जना बिचको मतान्तर १ सय २४ मतको मात्र हो । त्यसै गरि प्रतिनिधीसभा तर्फ जसपाका उम्मेदवार महाजन यादव ५ हजार २१२, स्वतन्त्र उम्मेदवार कलाकार कृष्ण कुमार महतो ४ हजार ३४३ र राप्रपाका उम्मेदवार अनिरुद्ध ८ सय ३७ मत पाएका छन् ।
त्यसैगरि क्षेत्रको ‘ख’ प्रदेशसभा तर्फ विजेता महतोले १७ हजार ३०२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी सत्रुधन महतोले १५ हजार ९ सय ६० मत प्राप्त गरेको छ । त्यसै गरि जनमतका सत्य नारायण सिंह २ हजार २५९, राप्रपाका कपलेश्वर महतोले १ हजार ७२७ र जसपाका चन्देश्वर महतोले १ हजार २ सय ३० मत पाएका छन् ।
प्रतिनिधीसभा तर्फको मतगणनामा जनकपुरधाम क्षेत्रबाट लिड गरेका महासेठ क्षिरेश्वरनाथ नगरपालिका सम्म पुग्दा करिव २ हजार मतले पछाडि परे । बटेश्वरमा पुन: लिड गरेका महासेठ मिथिलाको दक्षिण बेल्टमा करिव हजार मतले पुन: पछाडि परे भने मिथिला नगरपालिकाको उतरी वडा ११ (तुलसी) उनको जितको निर्णायक बनेको छ ।

एमालेले विजयी जुलुस निकालेको छ । महेन्द्रनगरबाट सुरु भएको जुलुस जनकपुरधाम तर्फ आइरहेको छ । जुलुसमा धनुषा ३ बाट निर्वाचित सांसद जुली महतोको पनि सहभागिता छ ।