
मधेश ब्यूरो खबर: जनकपुरधाम
सीताराम विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन धूमधाम का साथ मटकोर कार्यक्रम सम्पन्न ।
बुधबारदेखि सुरु भएको साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज पाँचौदिन मटकोर उत्सव मनाइएको छ ।
मटकोर उत्सव मा जानकी मन्दिरवाट भक्तालु सहित मन्दिरका महन्थ पुजारी र साधुसन्त तथा हिंदूवादी संघ संस्था का पदाधिकारी हरु समेत गंगासागर पोखरी पुगेका थिए । विवाहपञ्चमी भन्दा एकदिन पूर्व मटकोर कार्यक्रम हुने गरेको छ । त्यस मटकोर कार्यक्रम मा चना र गुड़ बाटने एबं धार्मिक रूपले सांस्कृतिक गीत नृत्य हरु गर्दै सुरुवात हुने गरेको छ ।उक्त कार्यक्रम मा मिथिला को रीति रिवाज अनुसार पोखरी बाट महिला हरुले माटो निकालेर थाल मा राखी मंदिर सम्म लगेर त्यही माटो ले चूल्हों बनाउने मैथिली परंपरा रहेको छ।
यसअघि शुक्रवार धनुष यज्ञ भएको थियो । विभिन्न राजा महाराजा भेष बनाएर आएकाहरुको बीचमा भगवान रामले धनुष तोडेका थिए । यसैगरी फूलबारी लिलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ ।
त्रेतायुगमा भगवान राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।
सोही अनुसार विवाहपञ्चमी महोत्सवमा दोस्रो दिन फूलबारीमा घुमाउँदै राम र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।
हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको यो पर्वमा रामायणलाइ आधार मानेर परम्पराको निरन्तरता दिने गरिन्छ ।
सप्ताहव्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन बुधबार नगरदर्शन गरिएको थियो । नगरदर्शनमा भगवान राम र लक्ष्मण नगरपरिक्रमा गरेका थिए ।
नगरपरिक्रमाका लागि जानकी मन्दिरको प्रागंणमा कृतिक रुपमा मिथिलापुरी अर्थात जनकपुरधाम बनाइएको थियो । बिगत दुइ वर्ष देखी कोरोना भाइरस का कारण खुकुलो देखिएको बिवाहपंचमी मेलामा यस पाली निकै भीड़ भाड़ देखिएको छ।
विवाह महोत्सवका लागि नेपाल र भारतका भक्तजनहरु ठूलो संख्यामा जनकपुरधाम आउने क्रम जारी छ।