
मधेश ब्यूरो खबर – जनकपुरधाम, मसिंर १० :
मिथिलाञ्चलमा प्रत्येक वर्ष भब्यताका साथ मनाइने विवाह पञ्चमी महोत्सवको चौथो दिन आज । तिल्कोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्ष जस्तै राम मन्दिरको प्राङ्गणमा भएको सो कार्यक्रममा श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव (वेहुली पक्ष) र श्री राम मन्दिरका महन्थ राम गिरी (वेहुला पक्ष) विच सम्धी मिलान भएको छ ।विवाहपञ्चमी भन्दा दुई दिन पूर्व हुने तिलकोत्सव साताव्यापी विवाहपञ्चमीको मुख्य आकर्षण हुने गरेको छ । यस अवसरमा स्थानीय श्री राम युवा कमिटिले ९बराती०जन्तीको बन्दोवस्त गर्ने गरेको छ भने श्री महाबीर युवा कमिटिले जानकी मन्दिरको तर्फबाट अर्थात ९सराती० बेहुलीको पक्षमा रहने गरि समधी मिलान कार्यक्रममा सहभागि हुने गरेका छन ।
सो अवसरमा राम र राजदेवी मन्दिरको प्रांगणमा शनिवार बेलुका श्रद्धालुभक्तजनहरुको व्यापक भिड लागेको छ । भारतिय तथा नेपालकका गरी हजारौ भक्तजनहरुको अगाडि समधी मिलानमा जानकी मन्दिरका महन्थ जानकीको बुबा र राम मन्दिरका महन्थ भगवान रामको बुबाको रुपमा सहभागि रहनु भएको थियो । तिलकोत्सव हुनु भन्दा पूर्व जानकी मन्दिरवाट १ सय १ वटा पाहुर ९ भिष्ठार सहितको भार राम मन्दिरमा पठाइएको छ ।
पाहुरलाई लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णव स्वयंम राम मन्दिर पुगेका थिए । जनकपुरधामका मेयर मनोज कुमार साह र भर्खर प्रतिनिधीसभा सदस्यमा निर्वाचित सांसद जुली महतोले विवाह पञ्चमी मिथिलाको धरोहर भएकाले यसलाई राष्ट्रिय आयोजन बनाउनु पर्ने बताए र नव निर्वाचित प्रदेश सांसद दीपेंद्र ठाकुर पनि आफ्नो मन्तव्य राखेको थिए । साथै सो अवसरमा प्रदेश सरकारका मन्त्री सांसद, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित प्रशासनिक निकायका प्रमुखहरुको समेत सहभागीता रहेको छ ।
विवाह पञ्चमीको सप्ताह व्यापी कार्यक्रममा पहिलो दिन नगरदर्शन कार्यक्रममा जनकपुरधाम आएका भगवान श्री रामलाई नगरदर्शन गराइएको थियो भने दोस्रो दिन फुलवारी लिला अन्तर्गत रामजानकीको भेट फुलवारीमा गराइन्छ । तेस्रो दिन धनुष यज्ञमा भगवान श्री रामले धनुष भाचेका थिए भने तिल्कोत्सवमा वेहुला र वेहुली पक्षको अभिभावक बिच सम्धी मिलान गर्ने परम्परा छ । भोली मटकोर विधि र सोमवार स्वयंवर तथा वैवाहिक कार्यक्रम हुनेछ भने मंगलवार रामकलेवा हुदै महोत्सवको समापन हुनेछ ।